जेठ ०५, २०८१, शनिबार
               

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

नेपाल फ्ल्यास
माघ ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । सभामुखमा सत्तासीन नेकपाका नेता अग्नि सापकोटा निर्विरोध भएका छन् । 

मंगलबार भएको उम्मेदवारी दर्तामा सापकोटा एकल उम्मेदवार भएका हुन् । 

निर्विरोध निर्वाचित भएको घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट हुने छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसलगायत अन्य कुनै पनि दलले सभामुखमा उम्मेदवारी नदिएका कारण सभामुख निर्विरोध भएको हो ।

नेकपासँग एक्लै प्रतिनिधिसभामा ६० प्रतिशतभन्दा बढी सिट छ । राष्ट्रिय जनता पार्टीले उसैलाई समर्थन गर्ने लगभग पक्का छ ।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो । सापकोटाले बिहान उम्मेदवारी दर्ता गराएका थिए । 

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ देखि सभामुख पद रिक्त छ । 


कस्तो लाग्यो ?

यो पनि