जेठ ०५, २०८१, शनिबार
               

सभामुखका लागि उम्मेदवारी दर्ता आज

नेपाल फ्ल्यास
माघ ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ । सभामुखको निर्वाचन माघ १२ गते आइतबार हुँदै छ ।

संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुने छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

सभामुखका लागि सत्तासीन नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अझै निर्णय गरिसकेको छैन । सभामुखका लागि नेकपासँग झण्डै दुईतिहाइ बहुमत छ । प्रतिनिधिसभा सदस्यमध्ये सामान्य बहुमतबाट सभामुख निर्वाचित हुने भएपछि सापकोटाको प्रतिद्वन्द्वी औपचारिकताका लागि मात्र हुने छन् ।

काङ्ग्रेसले यसअघि सभामुख र उपसभामुखमध्ये एक पद आफूले पाउनुपर्ने बताउँदैआएको थियो ।

संभवत नेकपाको समर्थनमा उपसभामुख राष्ट्रिय जनता पार्टीबाट बन्ने छन् । संविधानमा सभामुख र उपसभामुख फरकफरक दलका हुनुपर्ने र एक जना महिला हुनुपर्ने छ । राजपाले उपसभामुख पाउँदा सो स्थानमा महिला उम्मेदवार बन्ने छन् ।

बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए । त्यसयता सभामुख पद रिक्त छ भने महराविरुद्ध अदालती कारवाही चलिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि