जेठ ०५, २०८१, शनिबार
               

सत्य निरुपणमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस

नेपाल फ्ल्यास
माघ ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् ।

सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा सत्य निरुपण र बेपत्ता आयोगका लागि नामहरु सिफारिस भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दुई दलको बैठकमा सिफारिस समितिले दिएकै नाम नियुक्तिका लागि पठाउने सहमति भएको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबारनै कानुननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीको नाम सिफारिस गरेको थियो ।

सत्य निरुपणको सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम र मन दाहाल सिफारिसमा परेका छन् । 

उता वेपत्ता छानविन आयोगको सदस्यमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस गरिएको छ ।

दुवै आयोग भागबण्डाबाट बनाइएको छ । सत्य निरुपणमा नेकपाका तीन र कांग्रेसका दुई जना रहेका छन् भने बेपत्ता छानबिनमा कांग्रेसका तीन र नेकपाका दुई जना रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि