जेठ ०५, २०८१, शनिबार
               

संवादहीन अवस्थामा ओली-प्रचण्ड

नेपाल फ्ल्यास
माघ ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनका विषयमा कुराकानी गरे।

दाहाल निवासमा पनि पूर्व माओवादी समूहका नेताहरुबीच छलफल भएको छ। 

महासचिव पौडेलले दुबै अध्यक्षलाई दिनहुँ भेट्ने गरेका छन्। अनौपचारिक सन्देश पुर्याइरहेका छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ।


कस्तो लाग्यो ?

यो पनि