जेठ ०५, २०८१, शनिबार
               

भारतीय राजदूत बनेर विनय नेपाल आउँदै

नेपाल फ्ल्यास
पुस २९, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्‍वात्रा  नियुक्त भएका छन् । 

भारतीय राजदूत मञ्जीव सिंह पुरी आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको राजदूतका रुपमा आउन लागेका हुन् ।

भारतको मन्त्रिपरिषद्ले सोमबार विनयलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

भारतीय विदेश सेवामा ३० वर्ष कार्यरत विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् । सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश उनी सन् २०१७ अगस्टसम्म फ्रान्समा राजदूत  थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

उनले सन् २००६ देखि चार वर्षसम्म सार्क सचिवालयमा निर्देशकको रूपमा नेपालमा बसेर काम गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि