जेठ ०५, २०८१, शनिबार
               

हेटौंडा राजधानी भएकोमा कमल थापाले कसलाई दिए बधाइ ?

नेपाल फ्ल्यास
पुस २७, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री डोरमणी पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानियालाई बधाईसहित धन्यवाद दिएका छन् । 

राष्ट्रिय एकता दिवसको अवसरमा पार्टीद्वारा नेपाल पुलिस क्लबमा आयोजित चियापान सकिएलगत्तै अध्यक्ष थापाले मुख्यमन्त्री पौडेल र बानियाँलाई टेलीफोन सम्पर्क गरी बधाईसहित शुभकामना दिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

थापाले ट्विट मार्फत पनि बधाई दिएका छन् भने अन्य प्रदेशको निमित्त पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुनसक्ने उल्लेख गरेका छन् ।

दुई वर्षअघि तत्कालीन देउवा सरकारमा उपप्रधानमन्त्री कमल थापाकै अगुवाइमा हेटौंडासहितको अस्थायी राजधानी तोकिएको थियो । विकास सन्तुलनका आधारमा पनि हेटौंडा राजधानी हुनुपर्ने पक्षमा अध्यक्ष थापा उभिँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि