जेठ ०५, २०८१, शनिबार
               

विरोधी थच्चिए, यसरी भयो प्रदेश ३ को राजधानी हेटौंडा

नेपाल फ्ल्यास
पुस २७, २०७६

ADVERTISEMENT

हेटौंडा । लामो विवाद र रस्साकस्सीपछि प्रदेश ३ को सभाले नाम बागमती र मुकाम हेटौंडा तोकेको छ ।

नेकपामा सांसदहरूमा तीब्र असन्तुष्टि रहे पनि उनीहरू पार्टीको ह्वीप मान्न बाध्य भएका हुन् ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ह्विप लगाएर नाम र राजधानी टुंगो लगाएका हुन् । आइतबार बसेको प्रदेशसभा बैठकले स्थायी राजधानी र नामकरण मतविभाजन प्रक्रियाद्वारा टुंगो लगाएको हो ।

स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुई तिहाईभन्दा बढी मत स्वीकृत भएको थियो ।

यस्तै दुई तिहाइभन्दा बढी मतले काभ्रेको धुलिखेललाई मुकाम बनाउने प्रस्ताव अस्वीकृत भएको थियो ।

मुख्यमन्त्री पौडेलको प्रस्तावको पक्षमा एकसय पाँच र विपक्षमा तीन मतमात्र पर्‍यो ।

प्रदेशसभामा १ सय १० सदस्य छन् । मतदानमा लागि १ सय ८ जना सहभागी थिए । 

विवेकशील नेपाली दलका सांसद रमेश पौडेलले राजधानी धुलिखेल बनाउन गरेको प्रस्तावमा तीन मत परेको हो ।

काभ्रेबाट निर्वाचित सांसद्हरू काभ्रे कायम गरियोस् भन्ने प्रस्तावको मत विभाजन हुँदा तटस्थ बसेका थिए । 

हेटौंडाको पक्षमा नेकपासहित कांग्रेस, राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले समर्थन जनाएका थिए । 

यस्तै प्रदेशसभाको नाम वाग्मती राख्ने पक्षमा १०८ मत परेको थियो । यो प्रस्ताव प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले राखेका थिए । प्रस्तावमा नेकपा, राप्रपा, राप्रपा संयुक्त, विवेकशील नेपाली दल, साझा पार्टी र नेमकिपाले समर्थन गरेका थिए । 

प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ दुवै विषयको मतदान प्रक्रियामा सहभागी भएनन् ।

ह्वीप मानेर पार्टी छोड्नु कि विष पिउनु भनेर चर्चामा रहेका नेकपा सांसद राजेन्द्र पाण्डे अन्तत हेटौंडालाई सदरमुकाम बनाउने पक्षमा जान बाध्य भए ।


कस्तो लाग्यो ?

यो पनि