जेठ ०५, २०८१, शनिबार
               

परराष्ट्र नीति चीनको इशारामा : जितेन्द्र देव

नेपाल फ्ल्यास
पुस २७, २०७६

ADVERTISEMENT

काठमाडौं : नेपाल सरकार चीनतर्फ ढल्किएको चर्चा चलिरहँदा राष्ट्रियसभा बैठकमा एक सांसदले सरकारले चीनको इशारामा परराष्ट्रनीति संचालन गरेको गम्भीर आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाल चीनको इशारामा हिडेको आरोप लगाएका हुन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले नेपाल एक छिमेकीको इशारामा चल्दा मुलुकलाई अप्ठेरो पर्ने बताए ।

सांसद देव बामपन्थी पृष्ठभूमि हुँदै तराई मधेसको राजनीतिबाट विजयकुमार गच्छदारसहित कांग्रेस प्रवेश गरेका नेता हुन् ।

उनले परराष्ट्र नीति संविधानले निर्देशित गरेको बाटोबाट सञ्चालन हुनुपर्ने भन्दै चीनतिर ढल्किएकोमा आपत्ति जनाए । उनले परराष्ट्रनीति अमूक राजनीतिक दलको विचारबाट निर्देशित हुन नहुने तर्क गरे ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट सरकार पछि हट्न खोजेको भन्दै उनले त्यसप्रति आपत्ति जनाए ।

एमसीसीमा सरकार कतैको इशारामा पार्टीको विचारको बन्धी भएको आरोप उनले लगाए । सत्तासीन नेकपाभित्रकै विवादका कारण संसदबाट अनुमोदन हुनुपर्ने एमसीसी अघि बढ्न सकेको छैन ।

चीनको नाम किटेर नलिकनै सांसद देवले उत्तरतिरको छिमेकीसँग हिमचिम बढेको भन्दै सरकारको आलोचना गरेका थिए ।

उनले एमसीसी आर्थिक प्रवर्द्धन र गरिबी निवारणमा केन्द्रित भएकोले यसबाट नडराउन आग्रहसमेत गे ।

अहिलेको अवस्थाबाट परराष्ट्र नीति सञ्चालन गरे नेपाल ‘दरिद्र नेपाल, दुःखी नेपाली’ बन्ने ठोकुवासमेत उनले गरे ।

सन् २०१७ मा अमेरिकासँग एमसीसीबीच सम्झौता भएको थियो । एमसीसीमा ऊर्जा र यातायात सञ्जाल विस्तारमा नेपाललाई करिब ५५ अर्ब रूपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि