जेठ ०५, २०८१, शनिबार
               

राप्रपाका पूर्व केन्द्रीय सदस्य सुदर्शन बानियाँको निधन

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

ललितपुर । राप्रपा पूर्व केन्द्रीय सदस्य सुदर्शन बानियाँको ६५ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको मेडिसिटि हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो । 

राप्रपा प्रवास नेदरल्यान्डका अध्यक्ष तथा युरोपका महासचिव विक्रम बानियाँका पिता सुदर्शन बाँनियाको पशुपति आर्यघाटमा शनिबार अन्तेष्टी गरियो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बुद्धिमान तामाङले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए । वरिष्ठ उपाध्यक्ष तामाङले बानियाँको निधनले पार्टीले एउटा राष्ट्रवादी नेता गुमाएको बताए ।

त्यस्तै पार्टी महामन्त्री तथा पूर्वमन्त्री भास्कर भद्रा, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडका, केन्द्रीय सदस्य निरञ्जन थापा महिला नेतृ सरस्वती लामा तथा ट्रेड युनियन महासंघका सहमहासचिव आनन्द रिसालले पनि आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । 

दिवंगत बानियाँका ४ छोरी र तीन छोरा छन् ।


कस्तो लाग्यो ?

यो पनि