जेठ ०५, २०८१, शनिबार
               

देशको भूमि रक्षामा गहकिलो प्रयास हुनै पर्दछ : पूर्वराजा ज्ञानेन्द्र

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षाका लागि गहकिलो प्रयास हुनुपर्ने धारणा राखेका छन् । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्नेमा दृढता जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति पूर्वराजा शाहले असन्तुष्टि जनाएका छन् । उनले मुलुकलाई विवादमा पार्ने प्रयास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

पूर्वराजा शाहले विज्ञप्तिमार्फत भनेका छन्, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’

उनले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि