जेठ ०५, २०८१, शनिबार
               

कसरी चर्कियो प्रदेश ३ को नाम र राजधानीबारे विवाद ?

नेपाल फ्ल्यास
पुस २१, २०७६

ADVERTISEMENT

मकवानपुर । नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएपछि विवाद चर्किएको छ ।

विगतमा पहिचानको आधारमा नाम राख्नुपर्छ भनेर उराल्नेहरूसमेतबाट भएको निर्देशनको विरोधमा सोमबार राजधानीमा आदिवासी जनजातिले प्रदर्शन गरे ।

माइतिघरमा भएको प्रदर्शन 'बागमती मान्दैनौं, नेवा ताम्सालिङ छाड्दैनौं' लगायतका नारा घन्निए । 

त्यसको केही घण्टापछि प्रदेश ३ को प्रदेशसभाले प्रदेश नामाकरण सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

मुख्य सचेतक रामेश्वर फुयाँलले टेबुल गरेको प्रस्तावम कांग्रेस सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गरेका थिए ।

तर प्रदेशसभाको राजधानीबारे भोलि मंगलबार मतदान हुने तय भए पनि सत्तासीन दलकै कतिपय सांसदले ह्वीप नमान्ने बताएपछि बैठक बुधबारसम्म स्थगित गरिएको छ ।

नेकपाको सचिवालयको निर्देशनबारे प्रदेश सांसदहरुले विरोध गरेपछि बैठक सारिएको हो । सांसदहरूले ह्वीप उल्लंघन गर्ने चेतावनी दिएपछि प्रदेश ३ कमिटीले नेकपाको शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि