जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रियसभा निर्वाचन : नारायणकाजीसहित ४५ जना मैदानमा

नेपाल फ्ल्यास
पुस २०, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभाको १८ सदस्यका लागि ४५ जना चुनावी मैदानमा होमिएका छन् । गण्डकी प्रदेशबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा खडा भएका छन् ।

सातवटै प्रदेशमा आइतबार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन माघ ९ गते हुँदै छ ।

नेकपा र नेपाली कांग्रेससहित ६ वटा दलबाट उम्मेदवारी परेको छ । यसबाहेक समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्ेदवार उठाएका छन् । 

प्रदेश २ मा नेकपा र राष्ट्रिय जनता पार्टीको तालमेल भएको छ भने  नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर उठेका छन् ।

नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएको छ । 

प्रदेश २ बाहेक नेकपाका उम्मेदवारको जित पक्कापक्की छ । प्रदेश २ मा भने तीब्र प्रतिस्पर्धा देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि