जेठ ०५, २०८१, शनिबार
               

कांग्रेस विवादप्रति पूर्वराष्ट्रपति यादव चिन्तित

नेपाल फ्ल्यास
पुस १७, २०७६

ADVERTISEMENT

पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्।

४४औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार बिपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले अहिले पनि राजनीतिक दलहरू मिलेर मुलुकको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राखे।

मुलुकमा हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसभित्रको विवाद र आन्तरिक कलहले आफूलाई पीडा भएको यादवले बताए। अहिले आफू कांग्रेस नभए पनि त्यही कुलबाट आएको बताउँदै उनले भने, ‘अहिले कांगे्रसको हालत देखेर चित्त दुख्छ, दर्द हुन्छ, कहाँ पोख्ने ?, तपाई कांग्रेसीलाई लाग्छ कि म फेरि फर्किएँँ। तर त्यसो होइन।’

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देश बचाउन भारतमा गएर तत्कालीन विद्रोही नेकपा माओवादीसँग १२बुँदे सम्झौता गरेको स्मरण गर्दै यादवले राजाले २०१७ र २०५९ सालमा संसद् भंग गरेर लोकतन्त्रको हत्या गरेको बताए। यो खबर नागरिक दैनिकमा प्रकाशित छ।

‘देशमा २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा हजारौैंले ज्यान गुमाइसकेका थिए। त्यस्तो बेलामा गिरिजाप्रसाद कोइरालाले भारत, अमेरिका तथा सम्पूर्ण मित्र राष्ट्रलाई साथ लिएर १२बुँदे सम्झौता गर्नुभयो र राष्ट्रलाई जोगाउनु भयो,’ उनले भने, ‘अहिले राष्ट्र, राष्ट्रियताका विषयमा राजनीतिक दलमा चिन्ता देखिएन।’


कस्तो लाग्यो ?

यो पनि