जेठ ०५, २०८१, शनिबार
               

के प्रचार गरिए झैं खतरामुक्त छ त प्रधानमन्त्रीको अवस्था? चिकित्सक भन्छन्ः छैन

नेपाल फ्ल्यास
मंसिर १७, २०७६

ADVERTISEMENT

काठमाडौंः अस्पतालमै बस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली आफु तगडा रहेको बयान दिंदै छन् । तर, उनकै स्वास्थ्यका कारण नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखमा आएको चीन भ्रमण रद्द गरेका छन् । केही दिनअघि ओली सरकारका शक्तिशाली मन्त्री परराष्टमन्त्री प्रदीप ज्ञवालीले पनि ओलीकै स्वास्थ्यका कारण रुसको भ्रमण छोट्याएर स्वदेश फर्कनु परेको थियो ।  

के प्रधानमन्त्रीको स्वास्थ्य प्रचार गरिए झैं सुधारोन्मुख छ त? के उनी केही दिनभित्रै अस्पतालबाट बालुवाटार फर्कंदै छन् त? अहिले यो प्रश्न आमचासोको विषय भएको छ । तर, उनकै उपचारमा संलग्न एक चिकित्सकका अनुसार बाहिर प्रचारमा ल्याइए झैं प्रधानमन्त्रीको स्वास्थ्य चिन्तामुक्त भने भइसकेको छैन । शल्यक्रियाअघि ने उनको एपेन्डिक्स फुटेका कारण जोखिम उच्च बनेको थियो । जसका कारण माइनर शल्यक्रिया मेजर बन्न पुगेको थियो । सानो प्वाल पारेर गर्न मिल्ने शल्यक्रियाका लागि पुरै पेट चिर्नु परेको थियो । जसका कारण उनको शल्यक्रियापछिको उपचार नै जटिल बनेको ती चिकित्सक बताउँछन् । त्यसमाथि उनको मृगौलाले काम नगरिरहेको अवस्थामा कडा औषधीसमेत चलाउन नहुने हुँदा जटिलता थपिएको छ । जसले गर्दा उनलाइ संक्रमणबाट जाेगाउन साधारणा बिरामीलाइभन्दा कठिन भइरहेको छ ।

जसका कारण प्रधानमन्त्रीको स्वास्थ्य स्थिति जतिबेला पनि बिग्रनसक्ने चिकित्सकहरुको सुझाव अनुसार नै कारण नेकपा अध्यक्ष प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो ।

प्रचण्डले कार्यक्रमको उदघाटन गरेर वीचैमा र्फकने गरी जान तयारी गरेका थिए । तर, सोमबार प्रधानमन्त्री ओलीलाई भेटेपछि उनले मंगलबार चिनियाँ राजदूतसँग आफू भ्रमणमा जान नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली विरामी अवस्था खतरामुक्त नभइसकेको अवस्थामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरुवीच छलफल भएपछि प्रचण्डले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएको नेकपाको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको तयारी


यसैवीच, एपेन्डिसाइटिसको अप्रेशन गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मृगौला रि(ट्रान्सप्लान्ट गराउने निश्कर्षमा नेकपाका नेताहरु पुगेका छन् । तर, मृगौला प्रत्यारोपणका लागि विदेश लैजाने कि नेपालमै गराउने भन्ने विषयमा भने निर्णय भइनसकेको नेकपा स्रोतले अनलाइनखबरलाई बतायो ।

‘गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हुनाले अब डेढरदुई सातासम्म प्रधानमन्त्रीले बेडकै आराम गर्नुहुनेछ । त्यसबेलासम्म होमोडाइलासिसबाटै काम चलाइनेछ’ नेकपा सोतले भन्यो, ‘त्यसपछि मृगौला पुनःप्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । तर, स्वदेशमै गर्ने कि विदेश लैजाने भन्नेमा डाक्टरहरु अझै छलफलमै छन् ।’

केही चिकित्सकले यहाँ रिस्क नमोलौं, विदेशमै लैजाऔं भनिरहेको र केहीले चाहिँ बरु विदेशबाट चिकित्सकलाई यतै बोलाएर नेपालमै रि(ट्रान्सप्लान्ट गरौं भनिरहेको जानकारी दिँदै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसबारेमा अझै ठोस निर्णय भएको छैन, अझै डेढ(दुई सातासम्म प्रधानमन्त्रीले अस्पतालमै आराम गर्नुपर्ने स्थिति छ ।’

प्रधानमन्त्री ओलीले सोमबार एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र बोल्न, समाचारहरु पढ्न सक्ने अवस्थामा रहेको बताएका छन् । अस्पतालबाट दिएको सन्देशमा प्रधानमन्त्रीले भनेका छन्,( ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे अस्पतालबाटै दिएको सन्देशमा भनेका छन्, ‘इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुर्पयो । त्यसकारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।’


कस्तो लाग्यो ?

यो पनि