जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचन : जहाँ परिणाम उल्टियो

नेपाल फ्ल्यास
मंसिर १६, २०७६

ADVERTISEMENT

काठमाडौं : यसपटकको उपनिर्वाचनमा स्थानीय तहमा सत्ता चलाइरहेको दलले अधिकांश क्षेत्रमा हार व्यहोर्नुप¥यो । सत्तारुढ नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा भए पनि पहिला नेकपाले जितेकोमा कांग्रेसले जित्यो भने कांग्रेसले जितेकोमा नेकपाले जित्यो । यसलाई सत्ताप्रतिको निरासाको रूपमा लिनसकिन्छ । जहाँ जसले सत्ता चलाएको थिया त्यहाँ उही हार्नु भनेको त्यसैको संकेत हो । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा शनिबार उपनिर्वाचन भएकामा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन् ।

आइतबार साँझसम्म प्राप्त मत परिणामअनुसार २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तहअन्तर्गतका वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । यस्तै, नेकपाले जितेका ६ वटा वडा र एउटा प्रदेशमा कांग्रेसले जित हात पार्दै परिणाम उल्टाएको छ । भक्तपुर १ ‘क’ मा यसअघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वा्चित भएकामा उपनिर्वाचनमा भने कांग्रेसका कृष्णलाल भँडेल निर्वा्चित भएका हुन् ।

भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकाल ११ हजार २ सय ६ मत ल्याएर पराजित भएका छन् ।

२०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको बाजुराको त्रिवेणी १ मा उपनिर्वाचनको परिणाम नेकपाको पोल्टामा परेको छ । सो स्थानमा नेकपाका मनराज बुढा विजयी भएका हुन् ।

यस्तै, अछामको मल्लेख गाउँपालिका–५ मा पनि नेकपाका रमेशबहादुर खड्का निर्वा्चित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा भने खड्काले ७ सय ७८ मत प्राप्त गरेर जितेका हुन् ।

यसैगरी, बाँकेको कोहलपुर–६ मा पनि नेकपाले नतिजा उल्टाएको छ । शनिबार सम्पन्न उपनिर्वाचनबाट नेकपाका रामशरण थारू ८ सय मत प्राप्त गरी वडाध्यक्षमा निर्वा्चित भएका हुन् । सो स्थानमा पहिले कांग्रेसले जितेको थियो ।

यस्तै, सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन् । उनले ८ सय २५ मत प्राप्त गरे । सो वडामा यसअघि कांग्रेस उम्मेदवार निर्वा्चित भएका थिए ।

पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपा उम्मेदवार गजाधर भट्टराई निर्वा्चित भएका छन् । सो वडामा अघिल्लोपटक कांग्रेसले जितेको थियो । भोजपुरको पौवादुङ्मा १ मा ६ सय ६१ मत ल्याउँदै नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् । यसअघिको निर्वाचनमा कांग्रेसले जितेको थियो ।

२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको रोल्पाको थवाङ–१ मा पनि नेकपा उम्मेदवार जनकबहादुर बुढा मगर १ सय ७४ मत प्राप्त गरी निर्वा्चित भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वा्चित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको सो गाउँपालिकामा तत्कालीन प्रमुख प्रतिस्पर्धी चौधरीले जित हात पारेका हुन् । चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत पाएका छन् ।कांग्रेसले भने यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका एक वडामा आफ्नो वर्चस्व देखाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि