जेठ ०५, २०८१, शनिबार
               

यति प्रकरणमा बाबुरामको कटाक्ष

नेपाल फ्ल्यास
पुस १४, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएको व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाउ दिएका छन् ।

ट्विटरमा भट्टराई लेख्छन्– ‘यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बेला हाम्रा प्रधानमन्त्री र उहाँका आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्, नेपाल ट्रस्टका पदाधिकारहरूले ‘यती’ नहुने हो भने गोकर्ण फरेस्ट गौचरन बन्ने ठोकुवा गरेछन् ! उसो भए पूरै देश यतीकै जिम्मा लगाए भैगो !’

डा.भट्टराईले व्यापारिक यती समूहलाई काठमाडौंस्थित गोकर्ण वन क्षेत्रको २ हजार ९ सय ७१ रोपनी जग्गा यती समूहकै भगिनी संस्था गोकर्ण फरेस्ट रिसोर्टलाई दिइएको र यसरी दिनु कानुनसम्मत थियो भन्दै प्रधानमन्त्रीले बचाउ गरेका सम्बन्धमा यस्तो व्यंग्य गरेका हुन् ।

रिसोर्टले सो क्षेत्र उपभोग गर्न पाउने अवधि ६ वर्ष बाँकी छँदै ऐन नै संशोधन गरेर सरकारले २५ वर्षसम्मका लागि लिज अवधि थप्ने निर्णय गरेपश्चात् यो सन्दर्भ केही सातादेखि विवादमा छ। यसरी दिने काम नेपाल ट्रस्टले गरेको हो। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

यसैबीच, नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले गोकर्ण मात्र होइन, पोखराको हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउँ रिसोर्ट सञ्चालनका लागि यतीलाई नै लिजमा दिन लागिएको जानकारी दिएका छन् ।

फेवाताल किनारैमा रहेको १० रोपनी चार आनाको प्लट रिसोर्ट बनाउन यतीले पाउने भएपछि सरकार यस समूहसँग चाहिनेभन्दा बढी नै सकारात्मक भएको टिप्पणी हुनथालेको छ। 


कस्तो लाग्यो ?

यो पनि