बैशाख २२, २०८१, शनिबार
               

सभामुखमा राष्ट्रपतिको चासो, स‌ंसद भयो नेकपाको अनिर्णयको बन्दी

नेपाल फ्ल्यास
पुस ११, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पटकपटक विवादमा पर्दैआएकोमा फेरि एकपटक सभामुख चयन प्रकरण जोडिएको छ ।

उच्च सरकारी स्रोतका अनुसार राष्ट्रपतिकै कारण सभामुख चयनमा नेकपाभित्र सहमति हुन नसकेको हो ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन लबिलङ गरेकी छन् । 

राष्ट्रपतिले यसअघि पनि नेकपाभित्र विवाद मिलाउन तथा सरकारको कामकाजमा हस्तक्षेप गरेको भनी आलोचना हुँदैआएको थियो । 

उनले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षलाई शिवमायाको पक्षमा लबिङ गरेकी हुन् ।

उता प्रधानमन्त्री ओली भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । नेम्वाङले पनि त्यसका लागि आफ्नो लबिङ तीब्र बनाएका छन् ।

उता अर्का अध्यक्ष दाहालले भने आफ्ना विश्वासपात्र अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राखेका छन् । सभामुख पूर्वमाओवादीले पाएकोमा अहिले पनि आफ्नै समूहबाट हुनुपर्ने तर्क अध्यक्ष दाहालको छ ।

सभामुख चयनमा नेकपाभित्रै सकस भएपछि प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक सूचना टाँसेर १६ गतेसम्मका लागि स्थगित गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि