बैशाख २२, २०८१, शनिबार
               

राप्रपा एकता छिट्टै : बुद्धिमान तामाङ

नेपाल फ्ल्यास
पुस ११, २०७६

ADVERTISEMENT

धादिङ । धादिङको झार्लाङ गाविसका तत्कालीन माओवादीको जनसरकार प्रमुख राप्रपा प्रवेश गरेका छन् ।

रुवी भ्याली ५ मा दर्जनौं युवा राप्रपा प्रवेश गरेलगत्तै तत्कालीन माओवादीका जनसरकार प्रमुख धनबहादुर तामाङ राप्रपा प्रवेश गरेका हुन् ।

तत्कालीन जनसरकार प्रमुख धनबहादुरलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपा प्रवेश गराएका हुन् ।

धनबहादुरको राप्रपा प्रवेश मुलुकमा राष्ट्रवादी शक्ति निर्माणमा उल्लेखनीय हुने उपाध्यक्ष तामाङले जनाएका छन् ।

धादिङको खनियाबासमा शुक्रबार एक कार्यक्रमबीच धनबहादुर राप्रपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तामाङले निकट भविष्यमै दुई राप्रपा मिल्ने बताए । दुई राप्रपा एक हुनुको विकल्प नरहेको भन्दै अब सबैले विगतका तितामिठा घटना बिर्सिने उनले बताए ।

कार्यक्रममा धनबहादुरसँगै ५६ जना विभिन्न पार्टीका कार्यकर्ता राप्रपा प्रवेश गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि