बैशाख २२, २०८१, शनिबार
               

रुवी भ्यालीका दर्जनौँ युवा राप्रपा प्रवेश

नेपाल फ्ल्यास
पुस १०, २०७६

ADVERTISEMENT

काठमाडौं । रुवी भ्यालीका दर्जनौँ युवा राप्रपा प्रवेश गरेका छन् ।

रुवी भ्यालीमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा ती युवालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्वागत गरेका हुन् । राप्रपा प्रवेश गर्ने युवामा रुवी भ्याली गाउँपालिका वडा ५ का हुन् । 

राप्रपा प्रवेश गर्नेहरूमा पूर्वएमालेबाट छेन्धसिंह तामाङ, राज तामाङ, राजाराम तामाङ, जितबहादुर तामाङ, कुमार तामाङ र जीवन तामाङ छन् ।

त्यस्तै पूर्वमाओवादीका सक्रिय कार्यकर्ता कान्छा तामाङ, रामसिंह तामाङ र सुक्दसिंह तामाङ छन् । त्यसैगरी कुमार लामा तामाङ र सरोज तामाङ कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका छन् । 

यी युवाको प्रवेशले त्यस क्षेत्रमै राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने उपाध्यक्ष तामाङले बताए । धादिङको उत्तरी भेगमा पर्ने रुवी भ्याली राप्रपाले जितेको गाउँपालिका हो ।

 


कस्तो लाग्यो ?

यो पनि