काठमाडौं । सरकारबाट समाजवादी पार्टी बाहिरिएसँग राष्ट्रिय जनता पार्टी राजपा भित्रिने कसरतमा लागेको छ ।
उपेन्द्र यादवको बहिर्गमनसँग राजेन्द्र महतोले खुट्टा उचालेका छन् । हुनत् त्यहाँ धेरै नेता छन् । महन्थ ठाकुरदेखि धेरै नेताको व्यवस्थापन सहज छैन ।
उपेन्द्र यादव सरकारबाट बाहिरिएसँगै सरकारमा जान राजपामा जोडघटाउ सुरू भएको छ ।
यो संभावित परिवर्तनले सरकारलाई खासै असर गर्दैन । तर प्रदेश २ को सरकार भने नेकपाको कब्जामा जाने निश्चित छ ।
अर्कोतर्फ समाजवादी र राजपा एक भई मुलुकको तेस्रो शक्ति सुनिश्चित हुने अवसर भने राजपाको संभावित सत्तारोहणपछि समाप्त हुनेछ ।