बैशाख २२, २०८१, शनिबार
               

यति ग्रुप प्रकरणमा सरकारलाई कमल थापाको दर्बिलो झापड

नेपाल फ्ल्यास
पुस ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारलाई दर्बिलो झापड हानेका छन् ।

राजसंस्था मुलुकका लागि अपरिहार्य रहेको मान्यता राख्ने राप्रपा अध्यक्ष थापाले तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति यति ग्रुपले हडपेको सन्दर्भमा सरकारलाई दनक दिएका हुन् ।

थापाले आइतबार फेसबुक र ट्‌वीटरमार्फत सरकारले यति ग्रुपलाई पूर्वराजाको सम्पति सुम्पिकएकोमा आपत्ति जनाएका हुन् ।

उनले पूर्वराजपरिवारको सम्पत्तिमाथि राजसंस्थालाई हटाएर राजाको सम्पत्ति राष्ट्रियकरण गरेर ब्रह्मलुट मच्चाएको आरोप लगाएका हुन् । 

उनले ट्वीटमा उल्लेख छ ‘राजसंस्था पाखा लगाईयो । राजाको सम्पत्ति राष्ट्रियकरण गरियो । त्यो राष्ट्रिय सम्पत्तिलाई व्यापारीसँग मिलेर परिवर्तनका संवाहक कथित ‘नवराजाहरु’ले ब्रम्हलुट गरिरहेका छन् । के यही हो परिवर्तन ?’

पूर्वराजपरिवारको सम्पत्ति गोकर्ण रिसोर्ट यति समूहलाई थप २५ वर्षका लागि कौडीको भाउमा दिने निर्णय अहिले विवादमा पर्दैआएको छ ।

अध्यक्ष थापाले यस्तो कुकर्म गर्नेलाई भविष्यमा कारवाही गर्ने चेतावनी पनि दिएका छन् । उनले लेखेका छन्, ‘आमजनता पार्टीको रैतीभन्दा माथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधीलाई कानुनको कठघरामा उभ्याउने छन् ।’

यस्तो छ थापाको ट्वीट/पोस्ट

 


 


कस्तो लाग्यो ?

यो पनि