बैशाख २२, २०८१, शनिबार
               

राप्रपामा एकताको कसरत, थापाको आह्‍वानपछि कार्यकर्ता उत्साहित

नेपाल फ्ल्यास
पुस ०६, २०७६

फाइल फोटो
ADVERTISEMENT

राप्रपा मिलाउने कसरत अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् ।

पार्टीको नीति र सिद्धान्तमा विवाद नभएपछि नेता व्यवस्थापनको अन्तिम तयारी भइरहेको बुझिएको छ । एकतापछि महाधिवेशनसम्म कमल थापा, पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी तिनै जना अध्यक्ष रहने छन् ।

राप्रपा बैठकले पार्टी एकताका लागि आह्वान गरेपछि एकता सकारात्मक ढंगले अघि बढेको हो । एकताका लागि भित्रभित्रै घनिभूत गृहकार्य भइरहेको बुझिएको छ ।

हेर्नुहोस् राप्रपा बैठकको निर्णय

मिति: २०७६ पौष ४ गते

प्रेस विज्ञप्ति

राप्रपाअध्यक्षश्री कमलथापाज्यूको अध्यक्षतामाआज बसेको केन्द्रीयपदाधिकारी र कार्य सम्पादन समितिको बैठकले देहायबमोजिमकानिर्णयहरु गरेको छ:

१. हालै सम्पन्नप्रतिनिधि सभा, प्रदेश सभा र स्थानीयतहको उपनिर्वाचनको समीक्षा, संगठन सुदृढीकरणलगायतकाविषयमाघनीभूतछलफल गरेको छ । निर्वाचनमापार्टीको पराजय र कमीकमजोरीको गम्भीर ढंगबाट समिक्षागर्ने क्रममापार्टीको कमजोर सांगठनिक संरचना नै पराजयको मुख्य कारक रहेको ठहर गरेको छ । बैठकमाउठेका विविध सुझावलाई संश्लेषणगरि निकटभविष्य बस्ने पार्टीको केन्द्रीयकार्य समितिको बैठकमा पेश गरिने र सो बैठकबाटपार्टीको आगामीकार्यनीति र कार्य्दिशा तय गरिनेछ ।

२. पौष २७गते राष्ट्रियएकतादिवस र पृथ्वीजयन्तीलाई पार्टीले सदा झैं राष्ट्रियउत्सवको रुपमामनाउनेछ, राष्ट्र निर्माताको सम्मानमा पृथ्वीजयन्तीलाई राष्ट्रियपर्वको रुपमामनाउन, सार्वजनिकबिदादिन नेपाल सरकारसंग राप्रपाजोडदार मागगर्दछ । राप्रपाले यस विषयमाप्रधानमन्त्रीलाईज्ञापनपत्रदिने र संसदमापनिआवाजउठाउने भएको छ । राप्रपाले पौष २७गते केन्द्रीय, प्रादेशिक र स्थानीयतहमाभव्य रुपमामनाउने भएको छ । केन्द्रीय रुपमामनाउनपार्टीका वरिष्ठउपाध्यक्षबुद्धिमानतामाङको संयोजकत्वमा समितिगठनगरिएको छ ।

३. समानविचार भएकाव्यक्ति, समूह र दलसंग एकीकृत शक्तिनिर्माणगर्न आव्हानगर्दै पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकताको लागिआव्हानगर्दछ ।

४. विकास र सहयोग सम्बन्धि अमेरिकीनिकायमिलेनियमच्यालेन्जकर्पोरेसन (एमसिसी) संगको अनुदान सहायता सम्झौता प्रस्तावतत्काल संसदबाटपारित गरिनुपर्छ । नेपालले लाभलिन सक्ने सम्झौतापारित गर्न ढिलाइगरिनु आश्चर्यजनक रुपमा रहेको छ, यो सम्झौतालाई चालू संसद अधिवेशनमै अघिबढाउन राप्रपा सरकारसंग मागगर्दछ ।


मोहनश्रेष्ठ
प्रमुख
प्रचार विभाग


कस्तो लाग्यो ?

यो पनि