बैशाख २३, २०८१, आइतबार
               

प्रधानमन्त्रीकै एकाउन्ट असुरक्षित !

नेपाल फ्ल्यास
पुस ०५, २०७६

ADVERTISEMENT

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्टमा प्रोपर ह्यान्डल नभएको पाइएको छ ।  
भारतमा विपक्षी कंग्रेस र सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको तुलना गर्दै एक व्यक्तिले गरेको ट्वीट प्रधानमन्त्रीको एकाउन्टबाट रिट्वीट भएको थियो ।
नेपालका प्रधानमन्त्रीको स्तरबाट नहुनुपर्ने विषयवस्तु रिट्वीट भएपछि यसबारे छानबिन सुरु भएको छ । 
प्रधानमन्त्री कार्यालयले पासवर्डको दुरुपयोग भएको भन्दै छानबिन भइरहेको जनाएको छ । 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले 'पासवर्डको दुरूपयोग गरी यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको' जनाएका छन् ।

यस्तो छ सूर्य थापाको ट्‌वीट


कस्तो लाग्यो ?

यो पनि