बैशाख २३, २०८१, आइतबार
               

नेकपा नेता वामदेव गौतमको यो सर्त, नेकपामा हलचल

नेपाल फ्ल्यास
पुस ०३, २०७६

ADVERTISEMENT

काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकताको लागि मुख्य भूमिका खेलेका नेता वामदेव गौतम राजनीतिका चतुर खेलाडी हुन् । गुटगत राजनीतिमा पनि सधैँ अवसर पाउने उनी प्रष्ट वक्ताका रूपमा चिनिएका छन् ।  पार्टी उपाध्यक्ष बनाउन प्रस्ताव गरेको नेकपाले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव गरिएको थियो । उनले भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने भए मात्रै संसदमा जाने बताएपछि नेकपामा हलचल मचिएको छ । 

कुनै सांसदलाई राजीनामा गराएर नेता गौतमलाई प्रतिनिधि सभाको सांसद बनाउने चर्चा चलाएको नेकपामा अब उनलाई राष्ट्रिय सभाको सदस्य बनाउने अर्को चर्चा चलेको छ ।
उनले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्नुपर्ने बताए । त्यसका निम्ति संविधान संशोधन गर्नुपर्ने हुन्छ । आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको नेता गौतमले बताए ।

राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्नुपर्ने जवाफ दिएको उनको भनाइ छ । ‘प्रतिनिधि सभा वा राष्ट्रिय सभा जहाँ गए पनि म प्रधानमन्त्री बन्न मात्र जाने हो’, उनले भने, ‘त्यसैले संशोधन गरेमात्र राष्ट्रिय सभामा जान्छु भएको हुँ ।’ संविधान संशोधन भए पनि नजाने उनले बताए । प्रधानमन्त्री बन्ने स्थिति बन्यो भने मात्र  जाने हो भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि