बैशाख २२, २०८१, शनिबार
               

‘क्रिसमस–टोपी’ लगाउन बाध्य पारिए प्रतिकारमा उत्रिन्छौं : हिन्दूवादी संघ–संस्था

नेपाल फ्ल्यास
पुस ०३, २०७६

ADVERTISEMENT

काठमाडौं : हिन्दू धार्मिक संघ संस्थाले क्रिसमसमा जवरजस्ती विद्यार्थीलाई ‘क्रिसमस–टोपी’ लगाउन लगाएको भन्दै आपत्ति जनाएका छन् । यसरी बाध्य बनाएर ‘क्रिसमस–टोपी’ लगाउन लगाए कडा प्रतिकारमा उत्रने उनीहरूको चेतावनी छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू जागरण नेपाल, विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दू युवा संयोजन समिति, विश्व हिन्दू महासंघ नेपाललगायतका संघ÷संस्थाहरूले यस्तो निन्दा गर्दै विद्यालयहरूको उक्त कदमको विरोध गरेका हुन् । 

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले सनातन हिन्दू धर्ममाथि पश्चिमाहरूको आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘पैसाको प्रलोभनमा धर्म परिवर्तन गराए गराए, हुँदाहुँदै अब विद्यालयहरूले बाल मस्तिष्कमा नै प्रभाव पार्नेगरि पश्चिमा संस्कृतिको प्रचारप्रसार गरिरहेका छन्’, उनले भने,‘ यसप्रति हाम्रो समितिको घोर भत्सर्ना छ । यी कदम नसच्याईए हामी ती विद्यालयहरूमा पुगेर कारबाही गर्नपनि पछि हट्दैनौं ।’
विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले क्रिसमसको अवसर होस वा अन्य कुनैपनि अवसरमापनि बेधर्मीबाट सनातन धर्म, हिन्दू संस्कृतिमाथि प्रहार भए चुप लागेर नबस्ने चेतावनी दिए । 
अर्का बक्ता ॐकार महाअभियानका अभियन्ता तथा विश्व हिन्दू महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष दिनेशकुमार सिजापतिले पनि साना साना बालबालिकालाई प्रभाव पर्नेगरि विद्यालयहरूले पश्चिमाहरूको डिजाईनमा क्रिसमसको अवसर पारेर पोशाक लगाउन बाध्य बनाईएकोप्रति विरोध जनाए । 
हिन्दू युवा संयोजन समितिका संयोजक अभिषेक जोशीले क्रिसमस नै कुन तिथि वा तारिकमा मनाउने भन्ने कुरा नै अन्यौल रहेको बताउँदै ईशाईहरूले समेत नमनाउने क्रिसमसलाई नेपालमा सामाजिक रूपमा मनाउन खोज्नु अपराध भएको टिप्पणी गरे । 

राष्ट्रिय एकता दिवसको अवसरमा शक्ति प्रदर्शन

पत्रकार सम्मेलनमा आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौं उपत्यकालगायत देशभरि नै शक्ति प्रदर्शन गर्न ॐकार महाअभियान सक्रिय रूपमा लागिरहेको जनाइएको छ । 
क्रिसमसको अवसर पारेर विभिन्न विद्यालयहरूले पश्चिमा संस्कृतिको प्रचारप्रसार र विद्यार्थीहरूलाई जबरजस्ती क्रिसमस टोपीलगायतका सामाग्री लगायन बाध्य बनाईएकोबारे उनीहरूले प्याब्सन र एनप्याबस्नलाई विरोधपत्र समेत बुझाइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि