बैशाख २२, २०८१, शनिबार
               

पूर्वराजा झापामा

नेपाल फ्ल्यास
पुस ०२, २०७६

ADVERTISEMENT

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । प्रत्येक वर्ष जाडो छल्न झापा आउने पूर्वराजा शाह एक महिना झापा बस्ने बताइएको छ ।  एक महिने बसाइका लागि बुधबार उनी झापा पुगेका हुन् । उनी एक महिना झापाको दमकमा पूर्वराजपरिवारको समित्वमा रहेको हिमालय टिस्टेटमा बस्ने बताइयो छ । त्यहाँ राजदरबार छ । 

शाह बुधबार चन्द्रगढी विमानस्थल भद्रपुरबाट झापा आएका हुन् । स्वागत गर्न सयौँको संख्यामा राजाका समर्थकहरु विमानस्थल आएका थिए । 

शाहका निकटवर्तीहरूका अनुसार उनी करिब एक महिना प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा रहेको आफ्नो स्वामित्वमा रहेको चिया बगानमा रहनेछन् ।

हिउँद सुरु भएपछि पूर्वराजा शाहले प्रायः हरेक वर्ष पूर्वी क्षेत्रमा बिताउने गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि