जेठ ०५, २०८१, शनिबार
               

कस्तो आउँला उपनिर्वाचनको परिणाम ?

नेपाल फ्ल्यास
मंसिर १४, २०७६

ADVERTISEMENT

मुलुकका ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन भएको छ । सामान्यतया शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । अब सबैको ध्यान मत परिणाम कस्तो आउँला भन्नेमा छ ।

५२ स्थानको चुनाव भए पनि आमतवरमा चासोको विषय भने पाँच स्थानमा छ । कास्की २ को प्रतिनिधिसभा सदस्य सर्वाधिक चासो भएको क्षेत्र हो । एकमात्र प्रतिनिधिसभा सदस्य भएर चासो बढी भएको हो । अनि यो क्षेत्र हेलिकोप्टर दुर्घटनामा दिवंगत रविन्द्र अधिकारीले पनि चर्चा भएको हो । सँगसँगै पोखरा जस्तो शहरी क्षेत्र भएर पनि यहाँको चर्चा विशेष बढी छ । सबै दलका नेताहरु पुगेर गालीगलोजमा उत्रनाले पनि यहाँको चर्चा धेरै भएको हो ।

भक्तपुर, बागलुङ र दाङमा रिक्त एक एक प्रदेशसभा सदस्यमा पनि को जित्ला भन्ने चासो छ । अनि अर्को चासोको क्षेत्र हो धरान उपमहानगरपालिकाको प्रमुख पदको उपनिर्वाचन । 

संयोगले यी पाँचवटै स्थान गत निर्वाचनमा बाम गठबन्धनले जितेको थियो । चुनाव सकिएपछि जिल्ला संवाददाताहरुसँग नेपाल फ्ल्यासले गरेको कुराकानीका आधारमा गत निर्वाचनकै जस्तो नतिजा दोहोरिने संभावना प्रवल छ । 

बागलुङमा नेकपाले गत निर्वाचनमा झैँ राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ । बाँकी चार स्थानमा नेकपाका उम्मेदवार नै अग्रपंतिमा रहने संभावना ज्यादा छ ।

भक्तपुरको प्रदेशसभा सदस्यमा कांग्रेसको संभावना केही देखिन्छ । सो क्षेत्र राप्रपा संयुक्तको मत निर्णायक रहेको र उसले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको छ । अरु क्षेत्रभन्दा भक्तपुर कांग्रेसले खोसेमा आश्चर्य नमाने हुने कतिपयको दाबी छ । सो क्षेत्रमा नेकपा र कांग्रेस जो अघि आए पनि तेस्रोमा भने राम्रो मतसहित नेमकिपा आउने छ ।

कास्कीमा नेकपाको  विद्या भट्टराई जित्ने निश्चित जस्तै देखिएको छ । तर कांग्रेसले भने गत निर्वाचनको ८ हजार मतान्तरलाई घटाउने संभावना रहेको छ ।

बागलुङमा नेकपाभित्र असन्तुष्टि रहे पनि जनमोर्चाले जित्ने संभावना देखिएको छ । दाङमा पनि नेकपाले जित निकाल्ने बताइएको छ ।

उता धरान नगरपालिकाको प्रमुखमा पनि नेकपाले जित्नेमा कमैले शंका गरेका छन् । 

तीन वटा गाउँपालिकाको अध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ ।  पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षका लागि मतदान भएको हो ।

त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न जिल्लामा ४३ वडाध्यक्षका लागि मतदान भएको छ ।


कस्तो लाग्यो ?

यो पनि