जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचन आज : ५२ पदका लागि मतदान सुरु

नेपाल फ्ल्यास
मंसिर १४, २०७६

ADVERTISEMENT

काठमाडौँ :२०७४ सालमा भएको निर्वाचनपछि विभिन्न ५२ पदमा खाली भएका स्थानमा आज उपनिर्वाचन हुँदैछ । एक प्रतिनिधिसभासहित, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।
विभिन्न क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्भीक भएर मतदानमा सहभागी हुन् मतदातालाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको रिक्त रहेको कास्की–२, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३(२) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा जसले जिते पनि प्रतिनिधिसभा वा प्रदेशसभामा रहेको दलीय उपस्थितिमा ठूलो प्रभाव पार्ने छैन । स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरमा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचन हुन् लागेको हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष तथा नगरपालिका एवं गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदै छ । स्थानीय तहतर्फ नगरप्रमुख, अध्यक्ष तथा वडाध्यक्ष कार्यकारी पद भएकाले त्यसको जितहारले स्थानीय सरकारमा सम्बन्धित राजनीतिक दलको भूमिका थपघट हुन्ेछ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ बाट निर्वा्चित तत्कालीन एमाले नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन् लागेको हो । कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।

प्रदेशसभातर्फ भक्तपुर १(१) बाट निर्वा्चित हरिशरण लामिछाने र बागलुङ २(२) बाट निर्वा्चित टेकबहादुर घर्तीमगर तथा दाङ ३(२) बाट निर्वा्चित सदस्य उत्तरकुमार वलीको निधनका कारण ती स्थानमा उपनिर्वाचन हुँदैछ । लामिछाने र वली एमालेबाट र घर्ती जनमोर्चाबाट विजयी भएका थिए ।

०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन एमाले, माओवादी केन्द्र र जनमोर्चाबीच चुनावी तालमेल थियो । एमाले र माओवादी केन्द्र एकीकरण भइसकेको छ । एकीकृत पार्टी नेकपाले उपचुनावमा जनमोर्चासँग गठबन्धन गरेको छ ।

स्थानीय तहतर्फ धरान उपमहानगरको प्रमुखमा विजयी तत्कालीन एमालेका तारा सुब्बा, मकालु गाउँपालिका अध्यक्षमा विजयी एमालेका खड्कबहादुर कटुवाल, फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेसका अमरकुमार नेम्वाङ र महोत्तरीको पिपरामा राजपाबाट विजयी गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधनका कारण ती पदका लागि उपनिर्वाचन हुन् लागेको हो ।

प्रदेशसभाका तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये राजनीतिक दलका २ सय ५३ जना र अन्य स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलमा ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । उपनिर्वाचन हुन्े क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता छन् । त्यहाँ १६ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि