जेठ ०५, २०८१, शनिबार
               

गणतन्त्रको पक्षमा लागेको भन्दै ज्ञानेन्द्र शाही कारबाहीमा

नेपाल फ्ल्यास
मंसिर १२, २०७६

ADVERTISEMENT

काठमाडौं : नेपालका लागि नेपाली अभियानले ज्ञानेन्द्र शाहीलार्य कारबाही गरेको छ । अभियानको मुख्य उद्देश्य राजतन्त्र जोगाउने भएको तर शाही गणतन्त्रको पक्षमा लागेको भन्दै उनलाई निस्कासन गरिएको हो । 

संस्थाको केन्द्रीय समितिले शाहीको सबै जिम्मेवारी खासेको हो । उक्त संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अब शाहीले गर्ने गतिविधि, कार्यक्रम तथा अभिव्यक्तिमा कुनै पनि समर्थन नगरहे स्पष्ट पारिएको छ । 

शाहीलाई विगतबाटै राजावादी, संघीयता र परिवर्तनविरोधीको आरोप लाग्दै आएको छ । आफू सिए पढेको बताउने उनी भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चामा आएका थिए । पर्यटनमन्त्री योगेश भट्टराईलाई नेपालगंज विमानस्थलमा अभद्र व्यवहार गरेपछि उनी चर्चामा आएका हुन् । भट्टराईका कारण विमान ढिला भएको भन्दै उनले ‘रामधुलाई’ गरियो भन्दै फेसबुक लाइभ गरेका थिए । उनी राजनीतिक शुद्धिकरणको नाममा गतिविधि गर्दै आएका थिए । उनलाई चितवनमा नेकपाका कार्यकर्ताले कुटपिट गरेर घाइतेसमेत बनाएका थिए । 
नेपालका लागि नेपाली अभियान संस्था पनि संघीयता र धर्मनिरपेक्षताको पक्षमा छ ।  
 


कस्तो लाग्यो ?

यो पनि