जेठ ०५, २०८१, शनिबार
               

सीमा विवाद  : भारत मौन रहँदा वार्ता हुन सकेन

नेपाल फ्ल्यास
मंसिर ११, २०७६

ADVERTISEMENT

काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन ।

नेपाली भूमि अतिक्रमणप्रति नेपाल सरकारले विरोध जनाउँदै गत साता भारतलाई कूटनीतिक नोट पठाएर परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठक प्रस्ताव गरेको थियो । तर, भारतले अहिलेसम्म जवाफ नदिएकाले दुईपक्षीय बैठक अनिश्चित बनेको नागरिक दैनिकमा खबर छ ।

‘हामीले कूटनीतिक नोट बुझाउँदै तत्काल बैठक बस्न भारतीय पक्षसँग आग्रह गरेका छौं’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘हाम्रा तर्फबाट कूटनीतिक नोट बुझाउँदै तत्काल सीमा विवादसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन प्रस्ताव गरिएको छ । भारतीय पक्षले यसबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन ।’

सीमा विवाद समाधानका लागि नेपाली पक्षले कूटनीतिक पहल सुरु गरे पनि भारतीय पक्ष गम्भीर नहुँदा दुईपक्षीय वार्ता सुरु हुन नसकेको हो । ‘हाम्रा तर्फबाट कूटनीतिक पहल भए पनि भारतीय पक्ष गम्भीर नहुँदा वार्ता हुन सकेको छैन,’ स्रोतले भन्यो ।

गत शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले पत्रकारसँग नेपाल–भारत विदेश सचिवस्तरीय बैठकबारे कुनै पहल नभएको बताएका थिए । उनले यस विषयमा औपचारिक रुपमा कुनै कुरा अघि नबढेको पनि बताएका थिए ।

सन् २०१४ मा बसेको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकले दुई मुलुकबीचको सीमा विवाद परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समाधान गर्ने निर्णय लिएको थियो । सोही निर्णयअनुसार उचचस्तरीय संयन्त्र गठन भएको थियो ।

हालै भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेपछि नेपालले उच्चस्तरीय संयन्त्रको बैठकमार्फत यो विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ । नेपालले भारतले सार्वजनिक गरेको नक्सा स्वीकार्य नहुने बताउँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि