जेठ ०५, २०८१, शनिबार
               

पुटिनलाई नेपालको निम्तो, आउलान् त नेपाल ?

नेपाल फ्ल्यास
मंसिर १०, २०७६

ADVERTISEMENT

काठमाडौँ : लामो समयपछि चिनीयाँ राष्ट्रपति सि चिनफिङले नेपाल भ्रमण गरेपछि सरकार उत्साहित छ । सरकारले सबै देशसँग उस्तै सम्बन्ध राख्न र सबै देशका राष्ट्रप्रमुखलाई भ्रमणका लागि नेपालमा निम्तो दिने दाबी गर्दै आएको छ । 

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विश्वकै शक्तिशाली मुलकु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि बोलाउने दाबी गरे । त्यही क्रममा रूस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणापत्र सोमबार समकक्षी रूसी विदेशमन्त्री सेरग्रे लाभ्रोभलाई उनले हस्तान्तरण गरे । भेटपछि मस्कोस्थित राजदूतावास र परराष्ट्र मन्त्रालयले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणापत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गरेका हुन् । ज्ञवालीले समकक्षी लाभ्रोभलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् । दुवैले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । दुवै मन्त्रीले दुई मुलुकबीच न्याय, सांसद र व्यापारसहित उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिएको कान्तिपुर दैनिकमा खबर छ । रूसलाई असल मित्रको संज्ञा दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका व्यवसायीलाई नेपालमा लगानी गर्न पनि आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि