जेठ ०५, २०८१, शनिबार
               

कालापानीबारे तलै कुरा मिल्छ, नत्र मोदीसँगै कुरा गर्छु : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
मंसिर ०९, २०७६

फोटो : डिपी उपाध्याय तिमल्सिनाको फेसबुकबाट
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको कालापानी र लिपुलेकको सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्ने बताएका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा भूषण दाहाललाई आज दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले कूटनीतिक तबरबाट अघि बढ्ने र सुल्झने विश्वास व्यक्त गरे ।

नेपालसँग लिपुलेक र कालापानी आफ्नो भएको प्रमाण भएकोले यो समस्या सुल्झने बताए । उनले पुराना नक्सा, तिरो तिरेको रसिद, त्यहाँका मानिस र जनगणनामा खटिएका मानिससमेत नेपालसँग प्रमाणको रुपमा रहेको बताउँदै तल्लो तहबाटै समस्या सुल्झने विश्वास व्यक्त गरे ।

समस्या समाधान गर्ने अनेकन निकाय भएको र ती निकायबाट नमिले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने ओलीले बताएका छन् ।

भारतले नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी त्यसमा समावेश गरेकोले नेपालभित्र त्यसको सर्वत्र विरोध हुँदै आएको छ ।

उपनिर्वाचनको माहोलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसलाई चर्काएको छ भने सरकारले पनि कूटनीतिक पहल नगरी भाषणवाजीमात्र गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि