जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचन : कतै तालमेल, कतै भिडन्त

नेपाल फ्ल्यास
मंसिर ०९, २०७६

ADVERTISEMENT

काठमाडौं : १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा दलहरू कतै तालमेल त कतै एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ एउटै मात्र उपनिर्वाचन हुने निर्वाचन क्षेत्र कास्की २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी पार्टीसहितका दलले आ–आफ्ना उम्मेदवार उठाएका छन् ।

कास्की २ को उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको लडाइँका रूपमा समेत लिएका छन् । जसका कारण प्रचार प्रसारमा ठूला दलका शीर्ष नेताकै दौडधूप देख्न सकिन्छ ।

सो क्षेत्रमा नेकपाले सोही क्षेत्रबाट उम्मेदवार बनेर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, कास्की २ मा कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उठाएको छ । समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ उपनिर्वाचन हुने बाग्लुङ २ ‘ख’ मा सत्तारूढ दल नेकपाले आफ्नो दलका उम्मेदवार उठाएको छैन । सो स्थानमा नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको छ ।

प्रतिपक्षी कांग्रेसले जित शेरचनलाई उम्मेदवार बनाएको छ । दुई दलबीच भएको चुनावी तालमेलको सहमतिअनुसार कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले सत्तारूढ नेकपालाई सघाउनेछ ।

त्यसैगरी, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा नेकपा, कांग्रेस, नेपाल मजदुर किसान पार्टीसहितका दलहरूले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा कांग्रेसलाई राप्रपा (संयुक्त) ले सघाउने भएको छ ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राप्रपा (संयुक्त)ले कांग्रेस उम्मेदवार कृष्ण भडेललाई सघाउने सहमति भएको जानकारी दिए । सो स्थानमा कांग्रेससहित नेकपाबाट देवीप्रसाद अर्थात् डीपी ढकाल र नेमकिपाबाट निरज लवजु मुख्य प्रतिस्पर्धामा रहेको राजधा ।
यस्तै, दाङ ३ ‘ख’ मा समेत नेकपा, कांग्रेस र राप्रपालगायतका दलले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा दलहरू एक्ला एक्लै मैदानमा उत्रँदै छन् ।

दाङ क्षेत्र ३ ‘ख’ मा प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाबाट विमलाकुमारी खत्री ओली मैदानमा छिन् । कांग्रेसका केशव शर्मा आचार्य मैदानमा छन् ।


कस्तो लाग्यो ?

यो पनि