जेठ ०५, २०८१, शनिबार
               

'परराष्ट्रमन्त्रीलाई कालोझण्डा देखाउनु पर्छ'

नेपाल फ्ल्यास
मंसिर ०७, २०७६

ADVERTISEMENT

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले कम्युनिस्टहरू सत्तामा पुगेपछि आत्मसमर्पणवादी हुने गरेको आरोप लगाएका छन् ।

मकवानपुरको बकैया गाउँपालिकामा आयोजित कार्यक्रममा बर्तौलाले विस्तारवाद र साम्राज्यवादविरुद्ध हतियार उठाउनु पर्छ भनेर कम्युनिस्टहरूले कतिपय युवाको भविष्यमात्र बर्वाद गरेको बताए ।

अहिलेको सरकारको भरमा मात्र सीमा रक्षा हुन नसक्ने भन्दै उनले स्वाधीनता र स्वाभिमानको निमित्त जनताले विद्रोहको गर्नुपर्नेमा जोड दिए ।

कालापानी र लिपुलेकको समस्या कूटनीतिक ढंगबाट समाधान गर्न परराष्ट्रमन्त्री दिल्ली जानुपर्नेमा अनावश्यक रुपमा अन्त अन्त कुद्नु नालायकीपन भएको तर्क उनले गरे । 

'सरकार भगौडा जस्तो भयो, यसले स्वाधीनता जोगाउन सक्दैन, परराष्ट्रमन्त्रीको अहिलेको विदेश भ्रमण आत्मसमर्पणवादको नमुना  हो, उनी फर्किदा कालोझण्डा देखाउनुपर्छ' बर्तौलाले भने ।

राप्रपा आउदो चुनाबमा निर्णायक शक्ति बन्ने दाबी पनि उनले गरे ।


कस्तो लाग्यो ?

यो पनि