जेठ ०५, २०८१, शनिबार
               

उपेन्द्रसामू रहेका दुई विकल्प

नेपाल फ्ल्यास
मंसिर ०७, २०७६

ADVERTISEMENT

काठमाडौं : नेकपा नेतृत्वको सरकारको सत्ता साझेदार समाजवादी पार्टी हो । यसका अध्यक्ष उपेन्द्र याद सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । तर, भरखरै भएको मन्त्रीको हेरफेरमा उनलाई प्रधामनमन्त्री केपी शर्मा ओलीले सल्लाह नै गरेनन् । 
उनको जिम्मेवारी पनि हेरफेर गरियो । स्वास्थ्य मन्त्रालयबाट कानुनमन्त्रालयमा सारियो । यसको उनले पत्तो नै पाएनन् । उनको पार्टीकाम नेता सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट हटाइयो । सल्लाह नै भएन । त्यति मात्रै हैन सिंहदरबारमा नयाँ आएका सबै मन्त्रीको नेमप्लेट बन्यो । स्वास्थ्यममा गएका भानुभक्त ढकालको पनि तत्कालै बन्यो । तर, यादवको नेम प्लेट फोटो कपी पेरमा छ । उनलाई प्रधानमन्त्रीले यतिसम्म हेला गरे । 
मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन् ।

उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के गर्लान् ? उनको पार्टी समाजवादीमा यसै विषयमा मतभेद सुरु भइसकेको छ । कोही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारणामा ।

समाजवादीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् । डा. भट्टराई यादवको मन्त्रालय परिवर्तनमा प्रधानमन्त्रीको शैली निरंकुश देखिएको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने अडानमा छन् । समाजवादी पार्टी सरकारमा सामेल नहोस् भन्ने सोच राखेकै कारण पनि फर्कनुको विकल्प नभएको सुझाव भट्टराईको छ ।

उपप्रधानमन्त्री यादव निकट समाजवादी पार्टीका नेता डा. शिवजी यादव मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताउँछन् । डा. यादवले आफूहरू सरकारबाट बाहिरिएमा राजपा सरकारमा जाने दाबी गरे । उनले राजपालाई सरकारमा जान नदिइने बताए । संघीय सरकारमा राजपा सहभागी भएलगत्तै प्रदेश २ मा समेत नेकपा र राजपा मिलेर नयाँ सत्ता समीकरण निर्माण हुन सक्ने उनको अनुमान छ ।

अघिल्लो साता काठमाडौंमा बसेको समाजवादी पार्टीको संघीय परिषद् र केन्द्रीय समिति बैठक सरकारमा बस्ने या नबस्नेबारेमा ठोस निर्णय गर्न सकेन । संघीय परिषद्मा अध्यक्ष भट्टराईले सरकारबाट बाहिरिने प्रस्ताव गरे पनि यादवकै अनिच्छाका कारण केन्द्रीय समितिले आवश्यक परेका बेला पदाधिकारी बैठकले निर्णय लिने भन्दै पन्छिए ।

केन्द्रीय समितिबाट पन्छिए पनि प्रधानमन्त्रीको पछिल्लो कदमले समाजवादी पार्टीका अध्यक्ष यादव सकसमा परेका अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कांगे्रस नेता अफताब आलम १२ वर्षअघिको बम बिस्फोटको घटनामा पुर्पक्षका लागि कारावास चलान भएपछि उपेन्द्र यादवमाथि पनि पहिलो मधेस आन्दोलनलगत्तै भएको गौर घटनामा कारबाही गर्न माग गर्न थालिएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले हालै एउटा कार्यक्रममा गौर घटनाको छानबिन हुने बताएपछि यादव तर्सिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि