जेठ ०५, २०८१, शनिबार
               

ज्यान मार्ने उद्योगका अभियुक्त पनि मन्त्री !

नेपाल फ्ल्यास
मंसिर ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । ओली सरकारको पछिल्लो मन्त्रिपरिषद्‍ हेरफेरमा ज्यान मार्ने उद्योगका अभियुक्त पार्वत गुरुङलाई मन्त्री बनाइएको छ ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग छ । अभियोग पुष्टि भए १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

२०७४ बैशाखको स्थानीय चुनावको केही समयपछि दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

सो आक्रमणमा पार्वत गुरुङको प्रत्यक्ष संलग्नता र निर्देशन रहेको भन्दै खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

विश्वध्वज खड्काले दायर गरेको जाहेरीसहितको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो ।

पूर्वएमालेका पार्वतलाई पूर्वमाओवादी अहिले पनि सो घटनामा संलग्न रहेको बताउँदैआएको छ ।


कस्तो लाग्यो ?

यो पनि