जेठ ०५, २०८१, शनिबार
               

विष्णु रिजालको प्रभु साहलाई चेतावनी- काशी तिवारी हत्याकाण्डको फाइल खुल्दैछ

नेपाल फ्ल्यास
मंसिर ०५, २०७६

ADVERTISEMENT

नेकपा विदेश विभागका सहसंयोजक विष्णु रिजालले हिन्दु अगुवा काशी तिवारी हत्याको फाइल खोल्ने चेतावनी दिएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले सरकार र पार्टी नेतृत्वले कसैलाई नछोड्ने भन्दै प्रभु साहलाई थर्काएका हुन् । रिजालले आफ्ना नेताहरूले सभामुख कृष्णबहादुर महरामाथि समेत निर्मम ढ‌ंगले प्रस्तुत भएको उल्लेख गरेका छन् । उनले मन्त्रिपरिषाद् हेरफेर लेनदेनकै आधारमा भन्नुलाई आपत्तिजनक भनेका छन् । साहका कुरालाई हावादारीसमेत भनेका छन् रिजालले ।  

मन्त्रिपरिषद् हेरफेरमा गुटगत स्वार्थ र लेनदेन भएको आरोप प्रभु साहले लगाएपछि रिजालले जवाफी कारवाही गरेका हुन् । त्यसअघि मन्त्रिपरिषद् विस्तारबाट लज्जित भएकोसमेतका कडा टिप्पणी साहले गरेका थिए । उनले लेखेका थिए- 'कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो ।मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएका छौ ।' 

उच्च पदस्थ नेता तथा सांसदहरु एकपछि अर्को गर्दै गम्भीर फौजदारी अभियोगमा मुछिइरहेका बेला तत्कालीन माओवादीका मन्त्री एवं हालका सांसद प्रभु साह पनि काशी तिवारी हत्याकाण्डमा मुछिँदै आएका थिए ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कात्तिक ४ गते सोमबार अन्तर्वार्ता दिँदै पूर्व डिआइजी रमेश खरेलले वीरगन्जमा हिन्दु अभियन्ता काशिनाथ तिवारीको हत्यामा तत्कालीन मन्त्री प्रभु साहको हात रहेको खुलासा गरेका थिए । खरेल त्यति बेला पर्सा प्रहरीको प्रमुख थिए । 

२०६७ असार १२ मा वीरगन्जको अशोक बाटिकामा गोली हानी विश्व हिन्दु महासङ्घ पर्साका अध्यक्ष तिवारीको हत्या भएको थियो । केही समयअघिमात्र तिवारीको नेतृत्वमा वीरगन्जमा माओवादी आमहड्तालको प्रतिकार भएको थियो । तिवारी नेतृत्वको जुलुसले माओवादीका कार्यकर्ताले खाना खाने मेसमा आक्रमण गरेर सामान तोडफोड गरेका थिए । वीरगन्जबाट सुरु भएको माओवादी आमहड्तालविरुद्धको प्रतिकार अन्यत्र पनि सरेको थियो ।

हत्याको साढे तीन वर्षपछि प्रमुख अभियुक्त सियारामप्रसाद कुशवाहा चितवनमा समातिएका थिए । सियाराम तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु शाहका स्वकीय सचिव थिए । 

तिवारी हत्याको पन्ध्र महिनापछि पर्सा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री साहसमेतविरुद्ध अभियोजनपत्र तयार गरेको थियो । सोही कारण साहले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । राजीनामापछि राजनीतिक दबाबमा घटना सामसुम पारिएको थियो ।

साहविरुद्ध प्रहरीले तयार गरेको मुद्दा पर्सा महान्याधिवक्ताको कार्यालयले फिर्ता लिएको थियो । अन्य अभियुक्तविरुद्ध भने मुद्दा चलेको थियो ।

घटनाका एक अभियुक्तले प्रभु साहले नै गोली चलाउन लगाएको बयान दिएपछि पर्साका तत्कालीन प्रहरी प्रमुख रमेश खरेलले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।

कान्तिपुरको फायरसाइडमा पूर्वडिआइजी खरेलले सो प्रकरणमा आफूले ठुलो राजनीतिक दबाब झेल्नु परेको स्मरण गरेका छन् ।

त्यसबखत आरोप सामसुम पार्न भूमिसुधार मन्त्रालयका एक सहसचिवमार्फत पैसा दिन खोजिएको पीडित परिवारले बताएका थिए । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक नगेन्द्र झाले आफूलाई ८ लाख रुपैयाँ दिएर हत्यारा नचिनेको भन्न लगाएको काशीकी पत्नी बबिता तिवारीले बताएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि