जेठ ०५, २०८१, शनिबार
               

यी हुन् प्रधानमन्त्रीका नयाँ सारथि

नेपाल फ्ल्यास
मंसिर ०५, २०७६

ADVERTISEMENT

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्ग्ठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्य थप, हेरफेर र कार्य विभाजन गरेकी हुन् ।

मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ थपिएका छन् । त्यस्तै राज्यमन्त्रीका रूपमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर थपिएका छन् ।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भुसाललाई कृषि तथा पशुपन्छी विकास, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । राज्यमन्त्रीका रूपमा रहेका दुगडलाई उद्योग, रावतलाई स्वास्थ्य तथा जनसंख्या र मानन्धरलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यीमध्ये नेम्बाङ, गुरुङ, दुगड, रावत र मानन्धर पहिलो पटक मन्त्री बनेका हुन् ।

मन्त्रिपरिषद्बाट गोकर्ण बिष्ट (श्रम), लालबाबु पण्डित (संघीय मामिला), थममाया थापा (महिला), रघुवीर महासेठ (भौतिक पूर्वाधार), चक्रपाणि खनाल (कृषि) र मात्रिका यादव (उद्योग) बाहिरिएका छन् । कृषि राज्यमन्त्रीका रूपमा कार्यरत रामकुमारी चौधरी पनि बाहिरिएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि