जेठ ०५, २०८१, शनिबार
               

सीमा विवाद : आजदेखि पोखरामा सीमा सुक्षा बैठक

नेपाल फ्ल्यास
मंसिर ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला बुधबारदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ । उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरूपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

एकरएक वर्षमा हुने उक्त बैठक अघिल्लो वर्ष भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो । भारतीय सीमा सुरक्षा बलका महानिर्देशक चन्द्रसहितको टोली मंगलबार नै बैठकस्थल पोखरा प्रस्थान गरेको छ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्ने भएका छन् । बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाल पनि पोखरा पुगिसकेका छन् ।

तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अन्तरदेशीय अपराध रोकधामका विषयमा छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि