बैशाख २०, २०८१, बिहीबार
               

रेखा थापाले किन समाइन् पशुपति सम्सेरको हात ?

नेपाल फ्ल्यास
मंसिर ०३, २०७६

ADVERTISEMENT

कुनै बेला तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग 'कि लाऊ माया उहीतिर कि लाऊ मैतिर, निर लगाऊ दुईतिर' बोलको गीतमा नाचेर चर्चा कमाएको नायिका रेखा अहिले फेरि चर्चामा छिन् ।

त्यो बेला उनको चर्चामा माओवादी अध्यक्ष दाहालसमेतले कम्मर मर्काएर साथ दिन खोजेको थिए । त्यतिखेर रेखालाई दाहालको साथ थियो भने अहिले राप्रपा संयुक्तका अध्यक्ष पशुपति सम्सेर जबराको हात मिलेको छ ।

सन्दर्भ हो, राप्रपा संयुक्तको जनकपुर लुम्बिनी धार्मिक यात्रा । कात्तिक २८ गते बिहीबार यात्रा सुरु भयो जनकपुरधामबाट । रथ यात्रा हो यो । यो यात्राका क्रममा चकलेटी नायिका रेखा थापाले राप्रपा अध्यक्ष राणाको हात समातेर डोहोर्‍याउँदै गरेको फोटो अहिले चर्चामा छ । रेखाले हात अगाडि बढाइन अध्यक्ष राणाले हात दिए रेखालाई र अघि बढ्यो राप्रपा संयुक्त ।

दुई वर्षअघि राप्रपा एक भई महाधिवेशन भएको थियो । त्यो महाधिवेशनको केही महिनाअघिमात्रै रेखा राप्रपामा प्रवेश गरेकी थिइन् । त्यो महाधिवेशनमा रेखा केन्द्रीय सदस्य उम्मेदवार बनी विजयी भइन् । सोही महाधिवेशनमा राम्रो मत ल्याएकी कोमल वली भने एमाले प्रवेश गरेर अहिले नेकपाबाट राष्ट्रियसभा सदस्य बनेकी छिन् । पार्टी कमजोर भएपछि रेखाले भने केही अवसर पाउन सकिनन् ।

एकता महाधिवेशन भएको एक वर्ष नपुग्दै राप्रपा फुट्यो । पशुपति सम्सेर राणाले राप्रपा संयुक्त खोल्दा रेखाले साथ दिइन् । सहीछाप गरिन् । पशुपतिलाई दिएको साथलाई रेखाले निरन्तरता दिएकी छिन् ।

 


कस्तो लाग्यो ?

यो पनि