मंसिर ०७, २०८१, शुक्रबार
               

यसरी सुरू भयो नाइट क्लब कल्चर

नेपाल फ्ल्यास
मंसिर ०२, २०७६

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाचेको खबरले अहिले मुलुक तातीरहेको छ । पूर्वराजाले समान्य नागिरक झै नागरिक अधिकारको उपयाेग गर्दा सकारात्मक प्रतिक्रिया नै पाएका छन् ।

ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन्। त्यसलाइ नै मिडियाहरूले खुराक बनाइरहेका छन् ।

भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी छन्।

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ। शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारीलगायतका नायिका पनि क्लबमा देखिएका थिए। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।

कसरी सुरू भयो त क्लब कल्चर?


डिस्को संगीतको आविष्कारसँगै सन् १९७० देखि क्लबिङ अर्थात् क्लब जाने संस्कार विकास भयो । जब डिजेवाला बाबुले ८० को दशकमा ढिक्चुक-ढिक्चुक नाच्ने संगीत बजाउन थाले, डान्सपार्टी आयोजना हुन थाल्यो, तब यसको विकास भयो । ९० को दशकको सुरुमा डान्सपार्टी गैरकानुनी रुपमा सञ्चालन हुन्थ्यो । तर त्यही दशककै अन्त्यतिर क्लब जीवन युवाको अभिन्न अंग बनिसकेको थियो ।

नेपालमा क्लब जीवनको सुरुआत धनाढ्य विनोद चौधरीले आत्मकथामा पनि बताएका छन् । उनले काठमाडौँमा क्लब सञ्चालन गरेका थिए । 'समाजले त्यसलाई खासै राम्रो मान्दैनथ्यो', उनले पुस्तकमा भनेका छन् । तर अहिले परिस्थितिमा बदलाव आएको छ । नेपालमा यस्ता दर्जनौँ सानाठूला क्लब छन्, जहाँ युवायुवती झुम्छन् । डिस्को लाइट अनि डिजेको संगीतमा झुम्नु आधुनिक पुस्ताको जीवन शैलीको अभिन्न अंग बन्दै गएको छ । नेपालको क्लब संस्कारमा नयाँ आयाम थप्न आएको छ, एलओडी ।

एलओडी अर्थात् लर्ड अफ द डि्रंक्स । ठमेलको नयाँ चहलपहल जहाँ हरियो, पहेँलो, बैजनी, नीलो रङका बत्ती बल्छन्, झिमिक्क-झिमिक्क । यही बत्तीमा स्वदेशी र विदेशी कलाकारका गीतमा झुम्मिन्छन्, नेपाली पुस्तासँगै विदेशी पर्यटक ।

०६८ देखि हस्पिट्यालिटी व्यापारमा लागेका रविन श्रेष्ठ एलओडीका प्रबन्ध निर्देशक हुन् । उनी एलओडीलाई क्लबभन्दा बरु रक बार भन्न रुचाउँछन् । साढे ११ बजेसम्म रक बार र पछि क्लब बन्ने गर्छ एलओडी, जहाँ युवापुस्ता संगीतमा झुम्मिन्छन् । ठूलो क्षेत्रफलमा फैलिएको क्लब अन्तर्राष्ट्रिय स्तरको छ । लाइट, स्टेज, ध्वनि, सिट व्यवस्था, हाइड्रोलिक लाइट र डी एन्ड बी अडियो टेक्निकले क्लबलाई गुणस्तरीय बनाएको छ ।

क्लबलाई फिल्म हलमा जस्तै गोल्ड, सिल्भर र प्लाटिनममा विभाजित गरिएको छ । टेबल बुक गरे कार्यक्रमअनुसार ३० हजारदेखि १ लाखसम्म पर्छ । एक पटकमा १ हजार जनासम्म दर्शक अटाउने क्लबलाई विश्वको उत्कृष्ट सय क्लबमा पार्न खोजेको एलओडीले आशा गरौँ, डेजा भुबाट पाठ सिक्नेछ । क्षमताभन्दा बढी दर्शक राखेर क्लब संस्कृतिमा विचलन ल्याउने छैन ।


कस्तो लाग्यो ?

यो पनि