जेठ ०५, २०८१, शनिबार
               

निरकुंशताको अभ्यासमा रमाउँदै सरकार, अब पूर्वकर्मचारीमाथि कोर्रा!

नेपाल फ्ल्यास
कात्तिक २९, २०७६

ADVERTISEMENT

काठमाडौः तानाशाही बन्दै गएको अरोप खेपिरहेको सरकारले फेरी एक पटक निरकुंश कानून बनाउने तयारी गरेको छ । सरकारले तयार कानूनअनुसार अब सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको पुष्टि भएपनि पेन्सन रोकिनेछ ।
‘सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यममार्फत सामाजिक द्वेश वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्यविरुद्धको कुनै अभिव्यक्ति दिएको वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा निवृतिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्तिले निवृत्तिभरण पाउने छैन’ समितिले गरेको सहमतिमा भनिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोराइरालाका अनुसार सरकारले नै यसको पुष्टि गर्नेछ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले यसको पुष्टि अदालतले गर्ने गरी व्यवस्था गर्नुपर्ने बताए ।
सचिव कोइरालाले कसैलाई चित्त नबुझे अदालत जान सक्ने बाटो खुला रहने भएकाले विधेयकमा लेखिरहन आवश्यक नरहेको बताए ।
यसैगरी समितिले सरकारी पेन्सन पाइरहेको व्यक्तिले बहु विवाह गरे पनि पेन्सन रोकिने गरी कानून बनाउन सहमति जुटाएको छ । जबरजस्ती करणी, भ्रष्टाचार, राष्ट्रविरुद्ध जासूसी, लागू औषध कारोबार, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, छुवाछुत तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरेका कर्मचारीको पनि पेन्सन सरकारले रोक्नेछ ।


कस्तो लाग्यो ?

यो पनि