जेठ ०५, २०८१, शनिबार
               

समाजवादी पार्टीको संघीय परिषद् बैठक : सरकार छाड्न दबाब

नेपाल फ्ल्यास
कात्तिक २९, २०७६

ADVERTISEMENT

काठमाडौं : संघीय समाजवादी पार्टीमा सरकार छाड्ने बहस नयाँ हन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता भएपश्चात नै सरकार छाड्ने बहस चल्दै आएको छ । तर पार्टीका कार्यकारिणी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव सरकार छाड्न मान्दैनन् ।

तर, सत्तारूढ समाजवादी पार्टीका नेता–कार्यकर्ताले सरकारबाट बाहिरिन नेतृत्वलाई दबाब दिएका छन् । पार्टी एकतापछि पहिलोपटक बसेको संघीय परिषद् बैठकमा सहभागी प्रतिनिधिले सम्झौता कार्यान्वयन नभएकाले सरकारमा बसिरहनुको औचित्य नरहेको बताएका हुन् । 

परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्तुत गरेको पार्टी निर्माण र आगामी कार्यभार विषयक राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै बिहीबार प्रतिनिधिले आफ्नो राय दिएका थिए । भट्टराईको प्रतिवेदनमा संविधान संशोधन प्रक्रिया अगाडि नबढाइए सरकारबाट बाहिरिनुपर्ने उल्लेख छ । उनले संघीय सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको उल्लेख गरेका छन् । २ बुँदे सम्झौताको जगमा सरकारमा सहभागी भएकाले कार्यान्वयन प्रक्रिया अगाडि नबढाइए सरकारबाट बाहिरिने निर्णय कार्यकारिणी समितिले गर्नुपर्ने उनको प्रस्ताव छ । केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार र शनिबार राजधानीमै बस्ने कान्तिपुर दैनिकमा खबर छ ।
 


कस्तो लाग्यो ?

यो पनि