जेठ ०५, २०८१, शनिबार
               

राप्रपा अध्यक्ष थापा अमेरिका प्रस्थान

नेपाल फ्ल्यास
कात्तिक २८, २०७६

ADVERTISEMENT

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाका अमेरिका प्रस्थान गरेका छन् ।डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने इन्टरनेसनल डेमोट्रेकिट युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी अमेरिका गएका हुन् ।

यस्तै,  पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । अमेरिकामा रहँदा अध्यक्ष थापाले विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने कार्यक्रममा सहभागिता जनाउने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
अध्यक्ष थपाको अनुपस्थितिमा पार्टीको दैनिक कार्यसम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि