जेठ ०५, २०८१, शनिबार
               

आलम प्रकरण : यसरी हुँदैछ तथ्य बंग्याउने चलखेल

नेपाल फ्ल्यास
कात्तिक २७, २०७६

ADVERTISEMENT

काठमाडौं : नेपाली कांग्रेसका सांसद मोहम्मद अफताप आलम पक्राउ परेपछि अहिले रौतहट जिल्ला अदालतमा बयान लिने काम भइरहेको छ । चुनावलाई प्रभावित पार्न बम विस्फोट गराएर २२ जनाको हत्या गरेको उनीमाथि आरोप छ ।

तर, अनुसन्धानका क्रममा अहिल तथ्य बंग्याउन विभिन्न चलखेल भइरहेको छ । जिल्ला अदालत रौतहटमा आलमलगायतविरुद्ध विभिन्न ३ वटा मुद्दा दायर भएपछि दुई जना साक्षीले मुद्दा नै प्रभावित गर्ने प्रयासमा इजलासमै निवेदन दिए । रौतहट विस्फोटमा मारिएका ओसी अख्तरकी श्रीमती आमना खातुनले आफ्नो श्रीमान् विस्फोटमा मारिएको नभई वैदेशिक रोजगारीमा गएपछि नफर्किएको भनी इजलासमा निवेदन दिइन् । अनि मुद्दाका अर्का साक्षी गौरीशंकर रामले आफू विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको भनी इजलासमा निवेदन दिए । 

रौतहटको राजपुरमा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोट भएको र त्यसका मृतक तथा घाइतेलाई आलमको समूहले जिउँदै इँटाभट्टामा जलाएको प्रहरीको आरोप छ । आलम पक्षधर भने ‘विस्फोट नै नभएको’ भन्ने आफ्नो दाबीलाई स्थापित गर्न प्रयास गरिरहेका देखिन्छन् ।

‘विस्फोट भएको भनी जति पनि प्रमाण पेस भएका छन्,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘आलम पक्षले जुनसुकै हतकण्डा अपनाएर भए पनि ती प्रमाणलाई नष्ट गर्न चाहन्छ ।’ साक्षीहरूलाई बयान फेर्न दिइएको दबाब त्यसकै उदाहरण भएको स्रोतले बताएको कान्तिपुर दैनिकमा खबर छ ।


कस्तो लाग्यो ?

यो पनि