जेठ ०५, २०८१, शनिबार
               

कांग्रेस र कम्युनिस्ट सच्याउन राप्रपालाई भोट दिनुहोस् : कमल थापा

नेपाल फ्ल्यास
कात्तिक २६, २०७६

ADVERTISEMENT

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टहरु गलत बाटोमा जान रोक्नका लागि राप्रालाई भोट दिन आग्रह गरेका छन् । कांग्रेस–कम्युनिस्ट गलत बाटोमा गएको भन्दै अध्यक्ष थापाले उनीहरुलाई खबरदारी गर्दै सच्याउनका लागि उपनिर्वाचनमा राप्रपालाई छनोट गर्न आग्रह गरे ।

ठूल्ठुला भ्रष्टाचारको काण्डमा यी दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको दाबी गरे । एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबडी हवाईजहाज काण्डमा ठूला दल र तिनका नेताहरुको संलग्नता रहेको आरोप लगाए । चुनावीसभाका लागि कास्की पुगेका अध्यक्ष थापाले नेपालमा विदेशी चलखेल र हस्तक्षेप रोक्न राष्ट्रवादी शक्तिलाई जीताउन आग्रह गरे ।

‘परिवर्तनको नाममा हामीले धर्म, संस्कृति कमजोर बनायौँ, आत्मसमर्पणवादी मानसिकताको विकास गर्यौँ’, उनले भने, ‘यो प्रवृत्तिको अन्त्य जरुर भएको छ । परिणामले सरकार ढल्ने वा कांग्रस बढ्ने अवस्था नभएकोले परिवर्तनको सन्देश दिन राप्रपालाई जिताउनुहोस् ।’ राप्रपाले कास्की २ को प्रतिनिधिसभामा केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उठाएको छ । चुनावी अभियानका क्रममा भएको कार्यक्रममा भाग लिन अध्यक्ष थापा पोखरा पुगेका हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि