बैशाख २२, २०८१, शनिबार
               

हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि धार्मिक यात्रा गर्दै राप्रपा (संयुक्त)

नेपाल फ्ल्यास
कात्तिक २६, २०७६

ADVERTISEMENT

काठमाडौं : पछिल्लो समय हिन्दूराष्ट्रको माग जोडतोडका साथ उठ्ने गरेको छ । धर्मनिरपेक्षता राष्ट्र घोषणाको अगुवाई गर्ने नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला पनि अहिले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराज्यको मुद्दामा अघि बढेका छन् ।

यही क्रममा  दुई पार्टी एकतापछि हिन्दु राष्ट्रको माग अघि सार्दै आएको राप्रपा (संयुक्त)ले हिन्दुराष्ट्र स्थापनाका लागि धार्मिक जागरण अभियान गर्ने भएको छ । 
नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राप्रपा (संयुक्त) ले कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । 
पार्टीका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले संयुक्त विज्ञप्ती जारी गर्दै सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रका लागि अभियान गर्न लागिएको जनाएका हुन् ।

पार्टीले दिएको जानकारीअनुसार माता सीताको जन्मभूमि जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । 

नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाइ छ । ‘जनताको रायबिना लादिएको धर्म निरपेक्षता हाम्रो मुलुक, देश काल परिस्थिति अनुकुल छैन । अतः नेपाललाई संविधानमै सर्वधर्म समभावसहितको सनातन हिन्दराष्ट्र उल्लेख गर्ने लक्ष्य अवलम्बन गरेको यस पवित्र अभियानमा ९४ प्रतिशत ओमकार परिवारलगायतमा आम नेपालीलाई सहयोग, सद्भाव र सक्रिय सहभागिताका लागि पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

धार्मिक यात्रााबारे जानकारी गराउँदै रिर्पोटस क्लबमा आयोजित पत्रकार सम्मेलनमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाली जनताको चाहनाविपरित नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाईएकोमा आफूहरुको सुरुदेखि नै आपत्ति रहेको बताए । उनले जनतालाई मसोधी धर्मनिरपेक्षताको एजेण्डा ल्याएको समेत आरोप लगाए । उनले नेपाललाई संविधानतः हिन्दूराष्ट्र नबनाएसम्म आफूहरुको अभियान आन्दोलन, संघर्ष र अभियान जारी रहनेपनि विश्वास दिलाए । 

अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले सुरु गर्न लागेको धार्मिक यात्रा नेपालको पहिचान कायम गर्नको लागि हुने बताए । नेपाललाई हिन्दूराष्ट्र बनाउको लागि संविधानलाई संशोधन गरिनुपर्नेपनि आफूहरुको माग रहेको उनले सुनाए । 


कस्तो लाग्यो ?

यो पनि