जेठ ०५, २०८१, शनिबार
               

सीमा विवाद : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपाल फ्ल्यास
कात्तिक २३, २०७६

ADVERTISEMENT

काठमाडौं  : भारतले नेपाली भू–भाग मिच्दै आफ्नो नयाँ नक्सा निकालेपछि दलहरुबीच साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छ । प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू(भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा विरोध भइरहेको छ ।
‘सबैको धारणा एउटा भए पनि सबै मिलेर अब के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले छलफल मार्फत अघि बढ्नको लागि सर्वदलीय बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । 


कस्तो लाग्यो ?

यो पनि