जेठ ०५, २०८१, शनिबार
               

सीमा विवाद समाधानमा सरकारले पहल थाल्नुपर्छ : अध्यक्ष जबरा

नेपाल फ्ल्यास
कात्तिक २२, २०७६

ADVERTISEMENT

काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालको आफ्नो भू–भाग फिर्ता गराउनको लागि सरकारले कुटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । राजधानीमा भएको एक साक्षत्कार कार्यक्रममा उनले सरकारले भारत र नेपालबीचको सीमा विवाद समाधानमा पहल थाल्नुपर्ने बताएका हुन् ।  लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने उनको तर्क छ । 
‘यो समस्याको जटिलता बुझ्न इतिहासमा जानुपर्छ । १९६२ देखि हिन्तुस्तान र चीनबीच लडाई हुँदा यो समस्या भएको थियो । म १९६५ मा नेपाल फर्किएँ । त्यतिबेला के भएको हो भनेर म एकिनका साथ भन्न सक्दिनँ’, उनले भने । 

अध्यक्ष जबराले अहिलेसम्म मबनेका नेपालका कुनै पनि सरकारले यसबारेमा समाधानको लागि यथेष्ट पहल गर्न नसकेको गुनासो पोखे ।
 ‘पञ्चायत, बहुदलदेखि अहिलेसम्म आईपुग्दा कहिल्यै पनि ठोस कदम लिएको देखिएन । सरकारले विषयको उठान गरेर बैठानमा पु¥याउन सकेको छैन’, उनले भने, ‘अहिले भारतले आफ्नो म्याप प्रकाशन गरेपछि यो कुरा उठ्न थालेको छ । हाम्रो सरकारले कुटनीतिक कौशल देखाउन सक्नुपर्छ । यो साधारण तरिकाले हुँदैन् । सरकारले खोजे हामीले सल्लाह दिनुपर्छ ।’

त्यस्तै, उनले आफ्नो पार्टीले यही कात्तिक २८ गतेदेखि ७ दिने धार्मिक यात्रा सुरु गर्न लागेको पनि जनाए । उनले भने, ‘सिताको जन्मस्थलदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म हामी धार्मिक यात्रा चलाउँछौं । यो मुलुक संवैधानिक रुपमा हिन्दूराष्ट्र हुनुपर्छ । यसको लागि हाम्रो धार्मिक यात्राले जागरण उठाउनु हो ।’
नेपाल हिन्दूराष्ट्र हुँदा सबै धार्मिक स्वतन्त्रता रहेको त्यही परिस्थिति अहिले नेपालमा स्थापित हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको उनले सुनाए । उनले भने,‘विदेशी चलखेलको आधारमा अन्तरिम संविधान बनाउँदा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । 


कस्तो लाग्यो ?

यो पनि