जेठ ०५, २०८१, शनिबार
               

नयाँ नक्साले नेपाल-भारत सम्बन्धमा दरार

नेपाल फ्ल्यास
कात्तिक २१, २०७६

ADVERTISEMENT

काठामडौं । भारतले हालै जारी गरेको नयाँ नक्साले नेपाल-भारत सम्बन्धमा खटपट निम्त्याएको छ । नाकाबन्दीमा जनस्तरमै बिग्रिएको सम्बन्ध सुधारिँदै गएको अवस्थामा नयाँ नक्साले फेरि तुष बढाएको हो ।

यति नै बेला भारतीय विदेशमन्त्रालयका प्रवक्ताले नियमित प्रेस बिफ्रिङमा आफ्नो नयाँ नक्सामा नेपाली भूभाग नपरेको बताएका छन् ।

तर कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नयाँ नक्सामा समेटेको छ । नेपालले ती भूभाग आफ्नो भनेर दाबी गरिसकेको छ ।

नेपालको जमिन मिचेको छैन : रवीस कुमार

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले भारतले कुनै पनि नेपाली भूमि नमिचेको दाबी गरेको छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँदिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गरेका हुन्।

उनले भनेका छन्- 'हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन । नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन।'

कालापनी नेपालकै हो : गोकुल बास्कोटा

यता नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले भारतले हालै जारी गरेको राजनीतिक नक्सा नेपालका लागि स्वीकार्य नहुने बताएका छन्।

मन्त्री बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलमा एकपक्षीयरुपमा जारी गरिएको नक्सा नेपाललाई अस्वीकार्य हुने बताएका हुन् ।

उनले ऐतिहासिक तथ्य, प्रमाण र दसीका आधारमा कालापानीको भूभाग नेपालको भएको बताए ।

उनले भने, ‘२०१८ सालमै कालापानीमा जनगणना भइसकेको छ। राजश्व संकलन पनि गरिसकेका छौँ।’ उनले कालापानी भारतको भए नेपालले जनगणना गर्नै नसक्ने बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि